Aug 13 2026 | २०८३, श्रावण २८ गते

१० औं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग।

१० औं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग।

  • 670
    SHARES

  • १० औं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग।

    मोरङ्ग/३० पुस-पूर्वाञ्चल विश्वविद्यालयले १० औं दीक्षान्त समारोहमा सहभागी हुनको लागी आवेदन फाराम भर्नको लागि सूचना प्रकाशित गरेको छ ।

    दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा समावेश भएका विभिन्न व्याचमा भर्ना भई सम्बन्धीत तह उत्तीर्ण गरी २०७५ पुस १७ गतेदेखि २०७८ पुस १६ गतेसम्म ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीहरुलाई आवेदन फाराम भर्न आग्रह गरेको हो ।

    साथै माघ २३ गते आयोजना गरिने दशौं दीक्षान्त समारोहमा कोभिड-१९ का कारण यस वर्षको दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका पदक पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र सामेल गराउने निर्णय गरेको जनाएको छ ।

    विद्यार्थीहरुले विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यालय विराटनगरमा सम्बन्धित क्याम्पसको प्रतिनिधि मार्फत वा विद्यार्थी आफै उपस्थित भई माघ ९ गते भित्र रीत पुर्याई आवेदन फारम बुुझाउनु पर्ने छ ।

     

    यस्तो छ बिश्वबिद्धालय को सूचना ।

    Screenshot_20220114-072811_Facebook.jpg

    images
    शुक्रवार, पौष ३० २०७८०८:०१:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार