बिहिवार, माघ २० २०७८
कास्की - पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना अनुसार स्थगित गरिएको एमबिए र इन्जिनियरिङको परिक्षा तालिक सार्वजनिक गरेको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै स्नातक तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा र एमबीए कार्यक्रमको परीक्षा तालिका सार्वर्जनिक गरेको हो।
आज सार्वजनिक गरेको तालिका अनुसार ईञ्जिनियरिङ्ग कार्यक्रमको पहिलो सेमेष्टरको परीक्षा फेब्रुअरी १६ देखि २२ सम्म र एमबीएको परीक्षा फेब्रुअरी २१ देखि मार्च २५ सम्म सञ्चालन गर्ने भएको छ ।

