मंगलवार, फाल्गुण ३ २०७८
फागुन ३, मोरङ - मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको छ। मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको हो ।
बिश्वबिद्धालयले जनाए अनुसार स्नातक तहको बीई इन सिभिल इञ्जिनियर (BE), बीई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि २४–२४ जना विद्यार्थी भर्ना लिइनेगरि आजदेखि आवेदन खोलिएको छ ।
प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवनोेपयोगी बनाउने उद्येश्यले उक्त स्थानमा स्थापित मनमोहन स्मृति पोलिटेक्निकको सफल सञ्चालन र पठनपाठनलाई आत्मसाथ गर्दै सोही स्थानमा लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नं १ सरकारले विसं २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी उक्त विश्वविद्यालय स्थापना गरेको हो ।
बिश्वबिद्धालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा सुवास पोखरेलले मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यकपर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने बताए।
उनले प्रतिस्पर्धात्मक, गुणस्तरयक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकाससँग आवद्ध हुन सक्ने मानव संशासनको विकास गर्न र विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान तथा सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक, व्यवहारिक र समयसापेक्ष बनाउने यस विद्यालयको उद्देश्य रहेको बताए।
उपकुलपति पोखरेलले यस विश्वविद्यालयमा तीन वटा स्कुल क्रमशः स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड इलाईट हेल्थ साइन्सेज सञ्चालन हुने र जसमध्ये चालू आर्थिक वषमा स्कुल अफ इञ्जियिरिङअन्तर्गत स्नातक तटहको बी ई इन सिभिल इञ्जिनिययिरिङ र बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ पठ्क्रम सञ्चालन गरी विश्वविद्यालयलाई विधिवत रुपमा सञ्चालनमा ल्याइने भएको छ ।
पत्रकार सम्मेलनमा विश्व विविद्यालयको भावी दशवर्षे शैक्षिक कार्ययोजना प्रस्तुत गरिएको छ। कार्ययोजना अनुरुप पहिलो पाँच वर्षे योजनाअन्तर्गत २०७८–२०८२ सम्ममा क्रमशः सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर, इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, कम्प्युटर ÷सूचना प्रविधि इञ्जिनियरिङमा बी ई कार्यक्रमका साथै ब्याचलर इन मेडिकल ल्याबरोटरी टेक्नोलोजी, ब्याचलर इन पब्लिक हेल्थ, बीएससी इनफार्मेसी, एमएससी इन स्ट्रक्चरल इञ्जिनियरिङ, एमएससी इन पावर सिस्टम इञ्जिनियरिङ, एमएससी इन इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी, एमएससी इन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट र एमएससी इन हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेण्ट गरी सात वटा स्नातक र पाँच वटा स्नातकोत्तरको कक्षा सञ्चालन गरिने विश्वविद्यालयको लक्ष्य छ ।
बिश्वबिद्धालयले यी कार्यक्रमबाट कूल एक हजार ४८० विद्यार्थी लाभान्वित हुने भएका छन् ।
दोस्रो पाँच वर्षे योजनाअन्तर्गत आव २०८३÷२०८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनियरिङ, बिइ इन मेकानिकल वा ओटोमोबाइल इञ्जिनियरिङ, बिएससी इन एग्रिकल्चर÷फरेस्ट्री, बिएससी इन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेज्मेन्ट र एमबिबिएस गरी स्नातक तहमा छ वटा पाठ्यक्रम, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इञ्जिनियरिङ, इलेक्टोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी पाँच वटा विषयमा र विद्यावारिधितर्फ स्ट्रकचरल इञ्जिनियरिङ ÷ट्रान्सपोर्टेसन इञ्जिनियरिङ, पब्लिक हेल्थ, इलेक्ट्रिकल इञ्जिनियरिङ, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी र न्येचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी थप पाँच वटा विषयमा विधावारिधि सञ्चालन गरिने लक्ष्य रहेको छ । सबै पाठ्यक्रम सञ्चालन भएपछि कूल दुई हजार ८३१ विद्यार्थी लाभान्वित हुनेछन् ।
तीन वटा स्कुलअन्तर्गत दश वर्षमा स्नतक, स्नातकोत्तर विद्यावारिधि गरी २८ वटा विभिन्न पाठ्यक्रम सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयको रहेको छ । यस विश्वविद्यालयबाट उत्पादित गुणस्तरीय प्राविधिक जनशक्तिले १ नं प्रदेशको मात्र नभइ समग्र देशको समृद्धि र आर्थिक विकासमा टेवा पु¥याउन र दक्षिण एशियाकै नमूना प्राविधिक विश्वविद्यालय बन्ने बाटोतर्फ अग्रसर हुने विश्वासका साथ आफ्ना कदम आगाडि बढाइरहेको छ ।
विश्वविद्यालय द्वारा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति डा पोखरेलले चालू आर्थिक वर्षका लागि प्रदेश सरकारसँग रु ४५ करोड माग गरिएकामा रु पाँच करोड मात्र प्राप्त भएको बताए । नेपाल सरकार, भारत सरकार र मनमोहन फाउण्डेशनको संयक्त लगानी रहेको यस विश्वविद्यालय पहिलो चरणमा मनमोहन स्मृति पोलिटेक्निकको २० बिघा जग्गाभित्रै अहिले सञ्चालन गरिने जानकारी दिए । उनले आगामी १० वर्षे योजनाका निम्ति विश्वविद्यालयले रु पाँच अर्बको योजना र कार्यक्रम पेश गरिसकेको स्पष्ट पारे ।
उपकुलपति डा पोखरेलले यस क्षेत्रमा दुई तिहाइभन्दा बढी संरचना भारत सरकारबाट निर्माण भएको बताउँदै देशभरमा १३ वटा विश्वविद्यालयमध्ये यो विश्वविद्यालय सर्वोत्कृष्ट हुने अनुमान रहेको पनि बताए । इडियु खबर