शुक्रवार, फाल्गुण ६ २०७८
फागुन ६, काठमाडौ - नेपाल खुला बिश्वबिद्धालय केन्द्रिय कार्यलयले विभिन्न बिषयमा भर्ना आवेदन खुला गरेको छ। बिश्वबिद्धालयले एक सूचना प्रकाशित गर्दै सामाजिकशात्र तथा शिक्षाशात्र संकाय र बिज्ञान, स्वास्थ्य तथा प्रबिधि संकाय अन्तर्गत विभिन्न तह र बिषयमा भर्ना खुलेको जानकारी दिएको हो।
बिश्वबिद्धालयका विभिन्न संकायहरुमा सेमेस्टर प्रणाली अन्तर्गत २०७८ हिउदे सत्रको प्रथम सेमेस्टरमा मिति २०७८/फागुन ६ गते देखि चैत्र ५ गते सम्म नियमित र चैत्र १२ सम्म दोब्बर दस्तुर तिरी भर्ना गर्न सकिने बताइएको छ।
