बिहिवार, चैत्र १० २०७८
चैत १०, धरान - परीक्षाको लागि अनलाइन फारम भरेका विद्यार्थीको प्रवेशपत्र नआएपछि परिक्षा दिन बाट बञ्चित हुने भन्दै धरान स्थित पुर्बाञ्चल क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
क्याम्पस प्रशासनको लापरबाहीले १० जनाभन्दा बढी विद्यार्थीले परीक्षा दिन नपाएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।
इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत रहेको क्याम्पसमा आक्रोशित विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गर्दै क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन्। आन्दोलन पछि उनिहरुले क्याम्पस प्रशासनमा ताला समेत लगाएका छन्।
इन्जिनियरिङको परीक्षा फारम Online मार्फत भरिएको तर वेबसाईटमा समस्या आएर विद्यार्थीको प्रवेशपत्र नआएपछि परीक्षामा सामेल हुन नपाएको क्याम्पस प्रशासनको भनाई छ ।
त्यसैगरी विद्यार्थीहरुले भने क्याम्पस प्रमुख र प्रशासनको लापर्वाहिका कारण विद्यार्थीको भविष्य नै अन्यौल बनाउने काम भएको आरोप लगाएका छन । उनिहरुले प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्न माग गरेका छन।