Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रि–डिप्लोमा तहको विशेष मौका परीक्षा स्थगित

प्रि–डिप्लोमा तहको विशेष मौका परीक्षा स्थगित

  • 421
    SHARES

  • प्रि–डिप्लोमा तहको विशेष मौका परीक्षा स्थगित

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले प्रि–डिप्लोमा तहको विशेष मौका (आंशिक) परीक्षा स्थगित गरेको छ।

    कार्यालयले बुधबार प्रकाशित गरेको सूचनाअनुसार मिति २०८३ भदौ १४ गतेदेखि बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, काठमाडौँमा सञ्चालन हुने तय भएको परीक्षा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण स्थगित गरिएको हो।

    परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसअघि परिषद्ले २०८३ साउन ७ गते प्रकाशित गरेको परीक्षा तालिकाअनुसार उक्त परीक्षा सञ्चालन हुने तय भएको थियो। स्थगित परीक्षाको नयाँ मिति पछि सूचना प्रकाशित गरी जानकारी गराइनेछ।

    सम्बन्धित परीक्षार्थी तथा सरोकारवालालाई परिषद्को आधिकारिक वेबसाइटमा सूचना हेर्न आग्रह गरिएको छ।

    FB_IMG_1787835393594.jpg

    images
    बिहिवार, भाद्र ११ २०८३०६:४७:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार