आइतवार, जेठ १ २०७९
जेठ, १- काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । बिश्वबिद्धालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना प्रकाशित गर्दै हालै सरकारले निर्णय गरेपनि सो बमोजिम हप्तामा दुई दिन शनिबार र आइतबार मध्य आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।
बिश्वबिद्धालयले विद्यार्थीको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने समेत जनाएको हो ।
विश्वविद्यालयले कोभिड १९ को कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख गरेकोछ ।
यसअघि मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आजै भक्तपुर नगरपालिकाले समेत संघीय सरकारले निर्णय गरे बमोजिम हप्ता मा दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरीसकेको छ।
