बिहिवार, जेठ १९ २०७९
जेठ,१९ काठमाडौँ– नेपालकै जेठो र प्रतिष्ठित बिश्वबिद्धालय हो त्रिभुवन विश्वविद्यालय । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपामा मान्यता प्राप्त र एउटा पाज्ञिक र अनुसन्धानकेन्द्रको रुपामा स्थापित बिश्वबिद्धालय विभिन्न कारणले साख गिर्दो छ।
त्रिभुवन बिश्वबिद्धालयको चरम लापरबाहीको कारण एकै तह र एकै विषयको दुई भिन्न भिन्न बर्ष (2020 र 2021) को परीक्षामा हुबहु प्रश्न सोधेको भेटिएको छ ।
विश्वविद्यालयले लिएको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत अर्थशास्त्र विभागको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनमिक्स’ विषयको परीक्षामा यसवर्ष र गत वर्ष उही प्रश्न सोधेको पाइएको हो ।
हालै चलिरहेको २०२१ को फाइनल परीक्षामा सोधिएका प्रश्नहरू सोही विषयको २०२० अर्थात अघिल्लो वर्ष सोधिएको प्रश्नसँग हुबहु मिल्दछन् ।


प्रश्नमा Grup- A पहिलो प्रश्न हुबहु छ भने दोस्रो प्रश्नमा 'Explain’को ठाउँमा ‘Describe’ लेखिएकोछ । शब्द फरक भएपनि यी दुईको अर्थ एकै हुन्छ । प्रश्न नंम्बर तेस्रो प्रश्नमा ‘Describe’ को ठाउमा 'Explain’ लेखिएको छ।
त्यस्तै Group - B का चार, पाँच र छ नम्बरको प्रश्न हुबहु छ भने सातौँ नम्बरमा गत बर्ष सोधिएको ‘Describe’ को ठाउँमा 'Explain’ राखिएको छ । त्यस्तै आठ नम्बरमा पनि 'Discuss' को ठाउँमा 'Explain' राखिएको छ । त्यसैगरी प्रश्न नम्बर ११ मा पनि एउटा शब्द फेरेपनि प्रश्नको सार उही छ । प्रश्न नम्बर १२ मा फेरि 'Explain' को ठाउँमा 'Describe' शब्द फेरिएको छ ।
के भन्छ त्रिवि ?
दुईवटा फाइनल परीक्षामा प्रश्नहरू दोहोरिनु त्रुटि भएको त्रिविको मानविकी शास्त्र सङ्कायमा सहायक डिन ताराप्रसाद भुसालले बताए । उनले भने, ‘यो त्रुटि हो, यस्तो कसरी हुन गयो भनेर हामी छानबिन गर्छौँ ।’ यद्यपि पस्तो छानबिन गर्ने त्यो भने हेर्न बाँकी छ।
हरेक बर्ष परिक्षाको सेट कस्तो हुने भन्ने बारे बिश्वबिद्धालयले गोप्य राख्ने गरेको गरेको छ। तर पनि उस्तै प्रश्न सोधिनु त्रिभुवन बिश्वबिद्धालय को चरम लापरबाही नै हो।