सोमवार, जेठ २३ २०७९
जेठ, २३ काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि करार र आंसिक शिक्षक तथा कर्मचारीको लागी दरखास्त आह्वान गरिएको हो ।
बिश्वबिद्धालयले शैक्षिक र प्रशासनिक पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ । दर्खास्त दिनको लागि उपप्राध्यापक र अधिकृत पदको लागि २१ बर्ष पूरा भएको हुनु पर्ने छ भने अन्य त्यो भन्दा मुनिका पदहरुको लागि १८ बर्ष पूरा भएका नेपाली नागरिकले दर्खास्त दिन पाउनेछ्न्।
सूचना अनुसार दर्खास्तको गालि २०७९ असार २६ गते दिउँसो ३ बजेभित्र नियमित र त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त फाराम सम्बन्धित संकायको डिन कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
