Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा छुटेका विद्यार्थीलाई पुन: परिक्षाको ब्यबस्था गर्ने।

स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा छुटेका विद्यार्थीलाई पुन: परिक्षाको ब्यबस्था गर्ने।

  • 1.3K
    SHARES

  • स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा छुटेका विद्यार्थीलाई पुन: परिक्षाको ब्यबस्था गर्ने।

    असार, १ काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन छुट भएका परीक्षार्थीलाई पुन: परिक्षा को ब्यबस्था गर्ने भएको छ। त्रिभुवन बिश्वबिद्धालय ले एक सूचना जारी गर्दै परिक्षा छुटेका विद्यार्थीहरुलाइ निवेदन दिन आग्रह समेत गरेको छ ।

    त्रिविले परीक्षा तालिका परिमार्जन गर्दा अन्यौल भई २०७९ जेठ २४ गतेदेखि संचालित स्नातकोत्तर तह प्रथम वर्षको प्रकाशित तालिका अनुसार केही परक्षिार्थीहरु परीक्षा दिन छुट भएकोले निवेदन दिन आग्रह गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दे २०७९ जेठ २४ गतेदेखि संचालित स्नातकोत्तर तह प्रथम वर्षको परक्षिार्थीहरुबाट तालिकामा अन्यौल भई परीक्षा दिन छुट भएको भनी निवेदन प्राप्त हुन आएकोले छुटेका परीक्षर्थीहरुलाई निवेदन दिन सूचना जारी गरेको जनाएको छ ।

    परिक्षा नियन्त्रण कार्यलयले तालिका बमोजिम परीक्षा छुट भएको परीक्षार्थीहरुले मात्र आफ्नो पायक पर्ने क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा यही असार ५ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिन परीक्षार्थीलाई जानकारी गराएको छ ।

    यस्तो छ सूचना

    FB_IMG_1655290200161.jpg

    images
    बुधवार, आषाढ १ २०७९०६:५१:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार