बिहिवार, आषाढ २ २०७९
असार, २ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय द्वारा ब्यबस्थापन संकाय द्वारा Bachelor of Business Administration (BBA), Bachelor of Business Management (BBM) र Bachelor of Information Management (BIM) कार्यक्रमको परिमार्जित पाठ्यक्रम लागू गरिने भएको छ।
परिमार्जित पाठ्यक्रम यसै शैक्षिकसत्र २०७९/८० (सन् २०२२ भर्ना समुह) देखि लागू गरिने भएको हो।
बिश्वबिद्धालयले एक सुचना जारी गर्दै उक्त कार्यक्रमको ६०% बाहिरी मुल्यांकनको Semester End परीक्षा संचालन हुदा पाठ्यक्रमले निर्धारण गरेको मोडेल बमोजिम प्रश्नपत्र तयार गरि परीक्षा संचालन गर्ने जनाएको छ।
बिश्वबिद्धालयले २०% प्रयोगात्मक परीक्षा ४० पुर्णाङंक अंकभारमा संचालन हुने सुचनामा उल्लेख गरेको छ।
