Oct 02 2026 | २०८३, आश्विन १६ गते

BBA छैटौं सत्रको प्रश्नपत्र बनाउनेलाई कार्बाही गर्ने (बिज्ञप्ति सहित)

BBA छैटौं सत्रको प्रश्नपत्र बनाउनेलाई कार्बाही गर्ने (बिज्ञप्ति सहित)

  • 617
    SHARES

  • BBA छैटौं सत्रको प्रश्नपत्र बनाउनेलाई कार्बाही गर्ने (बिज्ञप्ति सहित)

    असार, २५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले BBA छैटौं सेमेस्टरको विवादित Organizational Behavior र Nepalese Society and Politics बिषयको प्रश्नपत्र बनाउनेलाई कारबाही गर्ने भएको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकायले एक बिज्ञप्ति जारी गर्दै उक्त प्रश्नपत्र बनाउने प्राध्यापक/कर्मचारी लाई कार्बाही गर्ने भएको हो।

    परिक्षा नियन्त्रण महाशाखाद्वारा संचालन भएको मिति;२०७९ असार २२ गते संचालित MGT 203 Organizational Behaviour बिषय र असार २५ गते संचालन भएको SOC 202 Neplese Society and Polotics बिषयको परिक्षाको प्रश्नपत्र सम्बन्धि कार्यमा मर्यादा बिपरित काम गरेको पाइएकोमा उक्त प्रश्नपत्र निर्माण गर्न संङ्लग्न ब्यक्ति हरुलाइ कानुन बमोजिम कार्बाही गर्ने जनाइएको छ।

    त्यसैगरी बिश्वबिद्धालय परिक्षा संचालन ब्यबस्थापनमा देखिएका समस्या तथा कमिकमजोरीहरुको बिस्तृत अध्यायन तथा छानबिन गरि राय सुझाव पेश गर्न आजैका मिति फेखी लागू हुने गरि उच्च स्तरीय समिती समेत गठन गरेको छ।

    बिज्ञप्तिमा त्रिभुवन बिश्वबिद्धालयले यस्तो कार्यबाट विद्यार्थी हरुलाइ पर्न गएको कठिनाइ प्रती दुख व्यक्त गर्दै अब देखि यस्तो समस्या आउन नदिन परिक्षालाइ मर्यादित बनाउन प्रतिबद्धता समेत जायर गरेको छ।

    यसअघि बिश्वबिद्धालयको यस्तो त्रुटिपूर्ण कार्य प्रती परिक्षार्थीहरु आन्दोलन गर्दै आएका थिए। त्रिविको यस्तो कार्य प्रती नेकपा बहुमत निकट विद्यार्थी अखिल (क्रान्तिकारी) संगठन र सत्ता पक्षीय विद्यार्थी संगठनहरुले समेत बिश्वबिद्धालयका पदाधिकारीहरुको राजिनामा माग गर्दै यस्तो कार्यमा संलग्न ब्यक्तिहरुलाइ कार्बाहि गर्न बिज्ञप्ति बिज्ञप्ति चेतावनी दिएका थिए।

    यस्तो छ त्रिविको सूचना ।

    FB_IMG_1657463948035.jpgreceived_2259992240826914.jpegScreenshot_20220710-134127_Facebook.jpg

    images
    आइतवार, आषाढ २६ २०७९०८:५३:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार