सोमवार, आषाढ २७ २०७९
काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय डिन कार्यलयमा तालाबन्दी गरेको छ। विभिन्न बिषयमा परीक्षामा प्रश्नपत्र हुबहु दोहोर्याउने घटाना प्रति गम्भीर आपत्ति जनाउदै त्रिवि पदाधिकारीहरुको राजिनामा लगायतका मागसहित ब्यबस्थापन संकाय डिन कार्यलयमा तालाबन्दी गरिएको हो ।
बिज्ञप्तिमा नेविसंघले अन्य कलेजहरुसँग सेटिङ गरेर प्रश्नपत्र आउट गरेको आरोप लगाउदै बिश्वबिद्धालयको गरिमामाथि खेलवाड गर्न खोजिएको बताइएको छ।
यसअघि BBA छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो । शनिबारमात्रै त्रिविको बीबीए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एण्ड पालिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग मिलेको छ । यसअघि पनि जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र हुबहु दोहोरिएका थिए ।
