बिहिवार, आषाढ ३० २०७९
असार, ३० काठमाडौ । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई कार्बाही गर्ने भएको छ। रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति जारी गर्दै तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको हो।
महाशाखाले तेसोगरी प्रश्नपत्र निर्माणमा ३ वर्षसम्म डीन कार्यलयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसहरुमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि BBA छैटौं सेमेष्टर अन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।

