Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिचन्द्र क्याम्पस निर्माणकालागि बजेट ब्यबस्थापन गर्न निर्देशन ।

त्रिचन्द्र क्याम्पस निर्माणकालागि बजेट ब्यबस्थापन गर्न निर्देशन ।

  • 578
    SHARES

  • त्रिचन्द्र क्याम्पस निर्माणकालागि बजेट ब्यबस्थापन गर्न निर्देशन ।

    साउ, ९ काठमाडौँ ।  त्रिचन्द्र क्याम्पस पुनर्निर्माण हुए भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिनुभएको छ। FB_IMG_1658711143868.jpgFB_IMG_1658711154704.jpg

    आइतबार प्रधानमन्त्री देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, मुख्य सचिव शङ्करदास वैरागी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनी, शिक्षा सचिव रामकृष्ण सुवेदी, पुरातत्त्व विभागका अधिकारीलगायत सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर जीर्ण भवनको पुनर्निर्माण गर्ने विषयमा छलफल गरी तत्काल पुनर्निर्माणका लागि निर्देशन दिनुभएको हो।FB_IMG_1658710826651.jpgScreenshot_20220725-064619_Facebook.jpg

    क्याम्पसको भवन निकै पुरानो भएको र भूकम्पको धक्काले गर्दा झन् जीर्ण अवस्थामा पुगेकोले त्यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने चौतर्फी दबाब सिर्जना भइरहेको थियो। यसअघि त्रिचन्द्र पुनर्निर्माण गर्नुपर्ने भन्दै विद्यार्थीहरुले पटक पटक आन्दोलन गर्दै आएका थिए ।

    देशकै जेठो त्रिचन्द्र क्याम्पसको सो भवनको उद्घाटन १९७६ साल असोज २७ गते भएको  थियो। त्रिचन्द्र क्याम्पसले १९७५ साल भदौमा भारतको कोलकाता विश्वविद्यालयको सम्बन्धनमा पढाइ सुरु गरेको थियो। सुरुमा त्रिभुवन चन्द्र क्याम्पसको नाममा स्थापना भएको भए पनि यस क्याम्पसको नाम अहिले त्रिचन्द्र रहेको छ। 

    क्याम्पस पुनर्निर्माणका लागि सरकारले तत्काल ७० करोड रुपियाँ उपलब्ध गराउन लागेको छलफलपश्चात् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार सो रकम उपलब्ध गराउने प्रस्तावका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ र सो प्रस्ताव मन्त्रिपरिषद्मा लगेर निर्णय गरिनेछ।Screenshot_20220725-064738_Facebook.jpg

    त्यसैगरी छलफलमा सहभागी त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक डा. सुनील अधिकारीका अनुसार क्याम्पस भग्नावशेष अवस्थामा पुगेकोमा प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले जीर्ण भवनको पुनर्निर्माण प्रक्रिया छिटो सुरु गर्न र आवश्यक रकमको व्यवस्थापन गर्न अर्थ सचिवलाई निर्देशन दिइसक्नुभएको छ।

    प्रधानमन्त्री देउवाले आफ्नो शिक्षा पनि सोही क्याम्पसबाट भएको बताउनुहुँदै अहिलेसम्म क्याम्पस पुनर्निर्माण प्रक्रिया सुरु हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो। सरकारले उपलब्ध गराउने सो रकमबाट क्याम्पसको पुरानो भवनको केही भाग जीर्णोद्धार तथा केही भाग नयाँ बनाइनेछ। 

    मुलुकको उच्च शिक्षामा महत्त्वपूर्ण  योगदान पु-याएको यो क्याम्पसका केही भवन अहिले भग्नावशेष अवस्थामा छन्। जीर्णोद्धारका क्रममा क्याम्पसको अघिल्लो भागको अहिलेको संरचनालाई बिगारिने छैन। पछिल्लो भागमा भने कोठाहरू थपिने छन्। सरकारले छुट्याउने रकमले घण्टाघरतर्फको क्याम्पस भवन जीर्णोद्धार तथा पुनर्निर्माणमा खर्च गर्ने योजना बनाइएको छ । क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो, “त्यहाँ भवनको एक भाग खसेको छ। खसेको भागमा नयाँ संरचना राखेर भवन बनाइनेछ। अर्कोतर्फ रहेको भवनको भने जीर्णोद्धार मात्र  गरिनेछ।”

    भवनमा अहिले पनि वर्षाको समयमा पानी  चुहिन्छ। तत्काललाई भवनको जीर्णोद्धार मात्र गरिने भए पनि दुई अर्ब रुपियाँ लागतमा अर्को नयाँ भवन निर्माण गर्ने योजना सरकारको छ। यसका लागि तत्काल विस्तृत परियोजना प्रतिवेदनको काम सुरु गर्ने विषयमा पनि आइतबार छलफल भएको छ। FB_IMG_1658711118650.jpgFB_IMG_1658711047486.jpg

    घण्टा स्वचालित बनाइनेScreenshot_20220725-064828_Facebook.jpg

    त्रिचन्द्र क्याम्पस परिसरमा रहेको घण्टाघर अर्को आकर्षणको केन्द्र र ऐतिहासिक संरचना हो । त्यहाँ रहेको घण्टालाई स्वचालित (अटोमेसन) बनाइनेछ। हाल त्यहाँ रहेको घण्टा प्रत्येक तीन दिनमा हातले दम दिएपछि घडी र घण्टा चल्ने गरेको छ। दमले गर्दा घडी चल्ने गर्छ र सोही समयअनुसार घण्टा बज्ने गरेको छ। सो घण्टाको तौल पाँच सय किलोग्राम रहेको क्याम्पस प्रमुख डा. सुनील अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हातले दम दिएपछि मात्रै चल्ने हुँदा निकै जटिलता उत्पन्न भइरहेको छ। यसलाई स्वचालित बनाइएपछि अलि सहज हुनेछ।” #गोरखापत्रबाट

     

    images
    सोमवार, श्रावण ९ २०७९०६:४२:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार