Oct 02 2026 | २०८३, आश्विन १६ गते

समतामा आधारित अनुदानका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना।

समतामा आधारित अनुदानका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना।

  • 974
    SHARES

  • समतामा आधारित अनुदानका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना।

    साउन, २० काठमाडौ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम समतामा आधारित अनुदानका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना जारी गरेको छ।

    आयोगले बिश्व बैंकको सहयोगमा "उच्च शिक्षाको श्रम बजारमा सान्दर्भिकता र गुणस्तरको सबलिकरण सहकार्यमा आधारित अनुसन्धान र नवप्रबर्तनको बढवा तथा अल्पसंख्यक र प्रकोप प्रभावित समुहहरुको उच्च शिक्षामा समतामूलक पहुचको बिस्तार गर्ने उदेश्यले उच्च शिक्षामा बिशिस्टताको प्रबर्द्धन कार्यक्रम" (Nurturing Excellence In Higher Education Program -NEHEP) संचालनमा ल्याएको हो।

    उच्च शिक्षा बिकास र बिस्तारका लागि यस कार्यक्रम अन्तर्गत ब्यबस्था गरिएको अनुदान सहयोग विभिन्न प्राबधानहरुमा समतामा आधारित अनुदान ( Equity grant) पनि रहेको छ । यश कार्यक्रमले पिछडिएका दुर्गम र प्रकोप प्रभावित क्षेत्र मा संचालित बिश्वबिद्धालयका आंगिक (सम्बन्धीत बिश्वबिद्धालयमार्फत) र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस (बिश्वबिद्धालय अनुदान आयोग मार्फत) लाई निर्धारित मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने ब्यबस्था गरिएको छ।

    उक्त कार्यक्रमका लागि योग्यता पुगेका इच्छुक सामुदायिक क्याम्पसहरुले २०७९/५/२४ गते बेलुकी ५:०० बजे भित्र EMail: reforn@ugcnepal.edu.np मार्फत वा आयोगको कार्यलयमा पेश गर्न जानकारी दिएको छ।

    बिस्तृत जानकारिकालागी हेर्नुस सूचना ।

    FB_IMG_1659661359977.jpg

    images
    शुक्रवार, श्रावण २० २०७९०७:२३:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार