Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौं महानगरपालिकाले विद्यालयमा आविस्कार कार्यक्रम संचालन गर्ने !

काठमाडौं महानगरपालिकाले विद्यालयमा आविस्कार कार्यक्रम संचालन गर्ने !

  • 455
    SHARES

  • काठमाडौं महानगरपालिकाले विद्यालयमा आविस्कार कार्यक्रम संचालन गर्ने !

    सामुदायिक बिद्यालय मा अध्यन गर्ने बिध्यार्थी को शृजनात्मक क्षमता अभिवृद्धि गर्न काठमाडौ महानगरपालिका ले आविस्कार कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
    बिज्ञान, प्राविधि, इन्जिनियरीङ तथा गणितमा विद्यार्थीको सिर्जनात्मक पक्षको बिकास तथा प्रस्फुटन गर्न महानगर भित्रका २५ वटा बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो । महानगरपालिकाले यसको लागि बिद्यालय छनोट गरि सम्झौता समेत गरिसकेको छ। 
    काठमाडौ महानगर शिक्षा साखा अधिकृत मोतिप्रसाद भट्टराईले विद्यार्थीमा सिर्जनात्मक क्षमता अभिवृत्ति गर्न महानगरको अन्तरिक श्रोतबाट यसखालको कार्यक्रम सञ्चालन हर्न लागेको जमकारी दिनुभयो । उहाका अनिसार ५ देखि ९ सम्म अध्यन गर्ने बिद्यार्थि श्रीजनात्मक क्षमता बिकास गर्न हरेक बिद्यालयमा २० जना सम्मको समूह निर्माण गरिने छ। 
    उक्त समूहले महिनामा दुई पठक बैठक बसेर प्राप्त नयाँ सिर्जनालाई बिध्यालय मा साथीहरू संग आदनप्रदान गर्नेछन। 
    बिज्ञान, प्राविधि, इन्जिनियरीङ तथा गणितमा विद्यार्थीले नयाँ कुराको सिर्जना गर्नुपर्नेछ। बिध्यार्थिको सिर्जनामा सहयोग होस भनेर महानगरले हरेक बिधालयलाई यसपटक एक लाख रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ । बिज्ञान शिक्षक लाई समुहको अगुवा तोकिएको छ। 
    यसका साथै बिद्यालय ले आन्तरिक श्रोत भएको अवस्थामा थप बजेट समेत समुहलै उपलब्ध गराउन सक्ने छन। यश कार्यक्रम को संयोजन गर्न शिवपुरी माध्यामिक बिद्यालयलाई दिएको छ। यश समुहबाट आएका बिध्यार्थिका सिर्जनालाई प्रदर्शनी मा राख्ने हुदा यसले बिध्यार्थिको सिर्जनात्मक पक्ष सबल हुने भएकोले कार्यक्रम संचालनमा ल्याउन लागिएको श्रोत हो भनाइ छ ।

    images
    मंगलवार, माघ १३ २०७७१२:२५:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार