Oct 02 2026 | २०८३, आश्विन १६ गते

पुल्चोक क्याम्पसमा बीई/बीआर्क भर्नाका लागि आवेदन खुला

पुल्चोक क्याम्पसमा बीई/बीआर्क भर्नाका लागि आवेदन खुला

  • 193
    SHARES

  • पुल्चोक क्याम्पसमा बीई/बीआर्क भर्नाका लागि आवेदन खुला

    काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) प्रवेश परीक्षा बोर्डद्वारा २०८३ साउनमा सञ्चालित स्नातक तह बीई/बीआर्क प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि पुल्चोक क्याम्पसमा भर्ना प्रक्रिया सुरु हुने भएको छ। क्याम्पसले भर्ना हुन इच्छुक आवेदकका लागि २०८३ साउन २९ गते बिहान १० बजेदेखि भदौ २ गते अपराह्न ३ बजेसम्म अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ।

    क्याम्पसका अनुसार प्रवेश परीक्षामा उत्तीर्ण भई पुल्चोक क्याम्पसमा भर्ना हुन चाहने विद्यार्थीले तोकिएको अवधिभित्र अनलाइन आवेदन फारम भर्नुपर्नेछ।

    भर्नासम्बन्धी विस्तृत जानकारी क्याम्पसको वेबसाइट www.pcampus.edu.np मार्फत प्राप्त गर्न सकिनेछ। आवश्यक जानकारीका लागि क्याम्पसमा समेत सम्पर्क गर्न सकिने क्याम्पसले जनाएको छ। भर्ना आवेदन अवधि: २०८३/०४/२९ बिहान १०:०० बजेदेखि २०८३/०५/०२ अपराह्न ३:०० बजेसम्म।

    Screenshot_2026-08-13-08-55-15-48_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार