Aug 12 2026 | २०८३, श्रावण २७ गते

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला

  • 63
    SHARES

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा करार सेवामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले उप–प्राध्यापक (क्रिटिकल मेडिसिन), मेडिकल अधिकृत, सूचना प्रविधि अधिकृत, डेन्टल हाइजेनिस्ट, रेडियोग्राफर र स्टाफ नर्स पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    प्रतिष्ठानले २०८३ साउन २७ गते सूचना प्रकाशित गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयसम्म आवेदन दिन सकिने जनाएको छ । इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र लगायत आवश्यक कागजातसहित प्रतिष्ठानबाट उपलब्ध हुने दरखास्त फाराम भरी आवेदन दिनुपर्नेछ ।

    उप–प्राध्यापकका लागि DM वा सोसरह, मेडिकल अधिकृतका लागि MBBS, सूचना प्रविधि अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक तथा अन्य प्राविधिक पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सोसरहको योग्यता तोकिएको छ ।

    प्रतिष्ठानका अनुसार उप–प्राध्यापकका लागि एक, मेडिकल अधिकृत एक, सूचना प्रविधि अधिकृत एक, डेन्टल हाइजेनिस्ट एक, रेडियोग्राफर एक, रेडियोग्राफर (महिला) एक र स्टाफ नर्स सात पदमा पदपूर्ति गरिनेछ । पदअनुसार आवेदन दस्तुर ६ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ । लिखित परीक्षा तथा अन्तर्वार्ताबाट पदपूर्ति गरिने पदका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

    विदेशमा अध्ययन गरेका उम्मेदवारले नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति र स्थान प्रतिष्ठानको वेबसाइटमार्फत पछि सार्वजनिक गरिनेछ । दरखास्त दस्तुर प्रतिष्ठानको कृषि विकास बैंकमा रहेको ‘Pratisthan Aamdani Khata’ खाता नम्बर ०३१६४०१५९१२४८०३७ मा जम्मा गर्नुपर्नेछ ।

    images
    बुधवार, श्रावण २७ २०८३०७:०८:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार