Aug 13 2026 | २०८३, श्रावण २८ गते

मध्यपश्चिम विश्वविद्यालयमा डा.बाबुराम भट्टराई, भिजिटिङ प्रोफेसरको रुपमा पढाउन इच्छुक।

मध्यपश्चिम विश्वविद्यालयमा डा.बाबुराम भट्टराई, भिजिटिङ प्रोफेसरको रुपमा पढाउन इच्छुक।

  • 494
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा डा.बाबुराम भट्टराई, भिजिटिङ प्रोफेसरको रुपमा पढाउन इच्छुक।

    भदौ, २२ काठमाडौ । बौद्धिक नेताको रुपमा परिचीत पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेका छन् । बिश्वबिद्धालय केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह र डा. भट्टराईबीच भेटवार्ता भएको हो ।

    भेटघाटको क्रममा डा. भट्टराईले भिजिटिंग प्रोफेसरको रुपमा आउन समेत इच्छुक रहेको बताएका छन । उक्त कार्यक्रममा उपकुलपति प्रा.डा.सिंहले विश्वविद्यालयको पछिल्लो अवस्था र विश्वविद्यालयले चालेका सुधारात्मक कदम तथा प्रगतिबारे जानकारी गराएका थिए ।

    भेटघाटको क्रममा पूर्व प्रधानमन्त्री डा. भट्टराईले देशै भरी विश्वविद्यालयको अवस्थाले निराशा छाएको अवस्थामा मध्यपश्चिम विश्वविद्यालयले चालेका कदम र सुधारात्मक कार्यले सकारात्मक उर्जा सहित आशावादी तुल्याएको कुरा व्यक्त गरेका थिए। उक्त छलफल कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, विभिन्न ग्र्याजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, उपकुलपति तथा रजिस्ट्रार सचिवालय सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    बुधवार, भाद्र २२ २०७९०८:१२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार