Aug 13 2026 | २०८३, श्रावण २८ गते

आठौं निसर्ग पौडी प्रतियोगिता सम्पन्न।

आठौं निसर्ग पौडी प्रतियोगिता सम्पन्न।

  • 952
    SHARES

  • आठौं निसर्ग पौडी प्रतियोगिता सम्पन्न।

    भदौ, २४ काठमाडौ । काठमाडौको रबिभवन स्थित निसर्ग बाटिका स्कुलले आठौ निसर्ग अन्तरबिद्यालय पौडी च्याम्पियन २०२२ लाई भब्य रुपमा सफल गरेको छ। स्कुलले आयोजना गरेको प्रतियोगितामा ५२ बिद्यालयको २५० विद्यार्थीहरुको सहभागीतामा पौडी प्रतियोगिता सम्पन्न गरेको हो।FB_IMG_1662733833682.jpg

    शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सो स्कूलले गरेको अन्तर विद्यालय पौडी प्रतियोगिता अत्यन्तै रोचकको साथ सहभागी विद्यार्थीहरूले पौडीले आफूहरूमा छुट्टै खालको स्फुर्ति दिएको बताए।1662689565149.jpg

    च्याम्पियनसिपमा निसर्ग बाटिका स्कुल १०१ अंक सहित पहिलो, स्वस्तिश्री गुरुकुल ६४ अंक सहित दोश्रो, लिङ्कन स्कुल ५३ अंक सहित तेस्रो स्थान हाँसिल गर्न सफल रहे। प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ ट्रफी सहित मेडलको ब्यबस्था गरिएको थियो।FB_IMG_1662733824111.jpg

    प्रतियोगितामा निसर्गको प्रिन्सिपल उषा जोशी द्वारा सम्पूर्ण सहभागी र प्रतियोगितामा विजयीलाई शुभकामाना तथा भबिस्यमा देशको नाम राख्ने गर्ने अगाडि बढ्न हौसला प्रदान गर्नुभयो।FB_IMG_1662734233904.jpg

    उहाले बिद्यालयहरुले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिंदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिनुभयो। उनीहरूले पढाइसँगै खेलकुद जरुरी रहेकाले विद्यालय तहबाटै खेलकुदमा लगानी गर्नुपर्ने समेत बताउनुभयो।FB_IMG_1662733772209.jpg

    कार्यक्रमको संयोजक श्रि सन्दिप नाथ लोहनी ज्यूले भन्नुभयो; अन्तर विद्यालय पौडी प्रतियोगिताले गर्दा विद्यार्थीलाई चौतर्फी विकासका निम्ति निकै सहयोग गर्ने गरेको छ साथै भविस्यमा पनि विद्यार्थीले देशको नाम खेलकुद स्थर बाट चिनाउन सक्नेछन् ।FB_IMG_1662733426211.jpgFB_IMG_1662734279964.jpgFB_IMG_1662733850233.jpgFB_IMG_1662733847368.jpg

     

    images
    शुक्रवार, भाद्र २४ २०७९०८:२४:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार