Oct 02 2026 | २०८३, आश्विन १६ गते

हुम्लामा पहिलोपटक स्नातकोत्तर तहमा पढाइ हुने।

हुम्लामा पहिलोपटक स्नातकोत्तर तहमा पढाइ हुने।

  • 807
    SHARES

  • हुम्लामा पहिलोपटक स्नातकोत्तर तहमा पढाइ हुने।

    पौष, १३ हुम्ला ।त्रिभुवन बिश्वबिद्धालयले मानसरोवर बहुमुखी क्याम्पसमामा स्नातकोत्तर अध्यायनको लागि सम्बन्धन दिएसंगै हुम्ला मै स्नातकोत्तर तहमा पढाइ हुने भएको छ। बिश्वबिद्धालयले सम्बन्धन दिए संगै हुम्ला जिल्लामा पहिलो पट्क स्नातकोत्तर तहमा पढाइ हुने भएको हो।

    त्रिभुवन बिश्वबिद्धालयले हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा शिक्षा शात्र संकायमा अध्यायनको लागि सम्बन्धन दिएको क्याम्पस प्रमुख दिपक भण्डारिका बताउनुभयो। भण्डारीका अनुसार यसै शैक्षिकसत्र बाट अध्यायन अध्यापन शुरु हुनेछ।

    यश अघि ४ बर्ष अघिदेखि बिश्वबिद्धालयको सम्बन्धन लिनको लागि प्रयास रहेकोमा सेमेस्टर प्रणालीमा आधारित संचालन हुने स्नातकोत्तर तहको अध्यायन अध्यापनको लागि यस बर्षबाट सम्बन्धन प्राप्त गर्न सफल भएको बताइएको छ। यस अनुसार क्याम्पसले स्नातकोत्तर तहको लागी भर्ना आवेदन खोलेको छ।

    यसरी जिल्लामै उच्च शिक्षा (स्नातकोत्तर तहमा) अध्यायन गर्न पाउने भएपछी त्यहाँका विद्यार्थीहरु खुसी भएका छन। यसअघि त्यहाँका विद्यार्थीहरु उच्च शिक्षा अध्यायनको लागी, सुर्खेत, नेपालगन्ज काठमाडौ लगाएत ठाउमा आउन बाध्य रहेका थिए।

     

    images
    बुधवार, पौष १३ २०७९०३:२६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार