Oct 03 2026 | २०८३, आश्विन १७ गते

धुनिबेशी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड -२०७९ शुरु ।

धुनिबेशी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड -२०७९ शुरु ।

  • 540
    SHARES

  • धुनिबेशी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड -२०७९ शुरु ।

    माघ, २७ काठमाडौ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०७९ शुरु भएको छ। धुनिबेशी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा खानीखोला धादिङको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो।IMG-bee5d357477e2fadb0e10c466dd2ed4f-V.jpg

    नगरपालिका भित्र रहेका विद्यालयहरु मध्य मा.वि. तर्फको १६ वटा र प्रा बि तर्फ ६ देखि ८ सम्मको २४ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् । माघ २६ गते देखि शुरु भएको सो प्रतियोगिता ३० विधामा खेलहरु खेल्नेछन भने, खेलहरु २८ गते सम्म संचालन हुने र २९ गते आइतबार पुरस्कार बितरण गरिने नगरपालिकाले जनाएको छ ।IMG-fd304350fe50053118074d1ae60a183a-V.jpg

    प्रतियोगिता धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले भलिबल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । उद्घाटनको क्रममा उप्रेतीले नगरपालिकाले खेल क्षेत्रमा सक्दो सहयोग गर्ने बताउदै  खेलमा सहभागी खेलाडिहरुलाई शुभकामना दिनुभयो।IMG-0f4a130e3783fd79e783a87c1f631f36-V.jpg

    नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गतका खेलहरु भुवनेश्वरी मा. बि. धार्के, महेशधर्म मा. बि. पुरनडाँडा तथा भञ्ज्याङ् पोखरी सितोरियो कराँतेको सम्पर्क कार्यलयको प्राङ्गणमा संचालन भइरहेका ।

    बिहान करिब ८ बजेबाट शुरु भएको सितोरियो कराँते मिथुन तामाङ ,दावा तामाङ तथा अन्य तालीममा सहभागी विद्यार्थीद्वारा सम्पन्न भएको हो। उक्त कार्यक्रममा महाँङ्कालेश्वरी मा. बि. छापडाँडा, महेन्द्रोदय मा. बि. मैदान ,साना किसान मा. बि. बराबोट र महेन्द्रोदय मा. बि. चिलाउनेगाउँ सहभागी भएको थियो ।IMG-ee77433040603997f58ab786980e855f-V.jpg

    झन्डै ३० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त खेलमा खेलाडीहरु जिज्ञासु र अनुशासित देखिन्थे। कार्यक्रममा सबैभन्दा धेरै ६ स्वर्ण पदक महेन्द्रोदय मा बि मैदानले हात पार्न सफल भयो भने महाँङ्कालेश्वरी मा. बि. र साना किसान मा. बि. ले १/१ स्वर्ण पदक हात पारे।

    कार्यक्रममा विभिन्न बिद्यालयबाट शिक्षक प्रतिनिधिहरुले प्रतिनिधित्व गर्नुभएको थियो। खेल अत्यन्तै अनुशासन पुर्वक सम्पन्न भएको कुरा महाँङ्कालेश्वरी मा.बि. को शिक्षक राममाया थपलियाले जानकारी दिनुभयो।

     

    images
    शुक्रवार, माघ २७ २०७९०८:३३:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार