Oct 03 2026 | २०८३, आश्विन १७ गते

सन राइज आवासिय माविको २८ औं वार्षिकोत्सब र अभिभावक दिवस ।

सन राइज आवासिय माविको २८ औं वार्षिकोत्सब र अभिभावक दिवस ।

  • 883
    SHARES

  • सन राइज आवासिय माविको २८ औं वार्षिकोत्सब र अभिभावक दिवस ।

    रबिन्द्र यादव / नवलपरासी पश्चिम , २७ फागुन । सन राइज आवासिय माध्यमिक विद्यालय प्रतापपुर-९ पंजरकट्टीको २८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

    विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुन कहारको अध्यक्षता एवं नेशनल प्यापसनका केन्द्रीय उपमहासचिव कुसुम रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी नेशनल प्यापसनका केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेशनल प्यापसन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, बुटवल बहुमुखी क्याम्पसका प्रमुख बलवन्त कुर्मी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    received_981493406568222.jpeg

    वार्षिकोत्सब उदघाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कुसुम रानाभाटले मुलुकको शिक्षा क्षेत्रलाई माथि उठाउन निजि विधालयले ठुलो योगदान गरेको भन्दै सकारात्मक दृष्टिकोणले हेरिनुपर्ने वताएका थिए । साथै उनले शिक्षक,बिद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक संबन्धलाई मजबुत बनाउदै शैक्षिक पठनपाठन सहित बिद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुद, सांस्कृतिक र उनिहरुको प्रतिभा उजागर गरिने लगायतका गतिविधि अगाडि बढाउनेमा जोड दिए ।

    received_1230506527672293.jpeg

    बिद्यालयको प्रअ हरेन्द्र कोइरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै विद्यालय स्थापनाकालदेखि विभिन्न परिस्थितिमा बाधा अवरोधको सामना गर्दै अगाडि बढिरहेको बताए । कोइरीले सन राइज आवासिय माध्यमिक विद्यालयमा अध्यन गरि विद्यार्थीहरु अहिले एमबिबिएस डाक्टर इन्जिनियर, लोकसेवा पास गरि शिक्षक समेत बनेकोमा खुशी व्यक्त गरेका थिए ।

    received_1430988997709176.jpeg

    कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण ,विभिन्न व्यक्तत्वहरूलाई सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रम प्रस्तुती अन्तर्गत दाइजो विरुद्धको जनचेतनामूलक नाटक समेत देखाइएको थियो भने कार्यक्रम संचालन शिक्षक तुलसी कोइरीले गर्नुभएको थियोे ।

    received_154962754102237.jpeg

    images
    शनिवार, फाल्गुण २७ २०७९०९:१३:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार