बिहिवार, बैशाख ७ २०८०
बैशाख, ७ काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। कार्यलयले वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको हो।
त्रिभुवन बिश्वबिद्धालय केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको जनाइएको छ। परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक पुष्पराज जोशिका अमुसार अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको बताइएको छ।
वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए। यस अघि उपनिर्वाचनको कारण देखाउदै सिटिइभिटिले समेत परीक्षा सारेको थियो।
