Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिवि सभाबाट २६ अर्ब २४ करोड बजेट पारित; शैक्षिक क्यालेन्डर लागुगर्न प्र.म.को निर्देशन ।

त्रिवि सभाबाट २६ अर्ब २४ करोड बजेट पारित; शैक्षिक क्यालेन्डर लागुगर्न प्र.म.को निर्देशन ।

  • 682
    SHARES

  • त्रिवि सभाबाट २६ अर्ब २४ करोड बजेट पारित; शैक्षिक क्यालेन्डर लागुगर्न प्र.म.को निर्देशन ।

    असार, १२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सभाबाट आर्थिक बर्ष २०८०/८१ का लागि रु. २६ अर्व २४ करोड ९४ लाख ५५ हजार बजेट पारित भएको छ। प्रधानमन्त्री तथा बिश्वबिद्धालयका कुलपती पुष्पकमल दाहाल 'प्रचण्डको' उपस्थितिमा त्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक दिवस तथा विश्वविद्यालय सभा विभिन्न नीतिगत निर्णयहरु सहित बजेट पारित भएको हो।

    त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित वार्षिक दिवस बैठकलाई सम्वोधन गर्नुहुँदै उहाँले त्रिविको बर्तमान शैक्षिक,प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे जानकारी लिइरहेको र विश्वविद्यालयले भोगिरहेका समस्या र तिनका समाधानका उपायबारे सरोकारवालासँगको भेटघाट एवम् औपचारिक छलफल भइरहेको बताउनुभयो।

    प्रधानमन्त्रीले बिश्वबिद्धालयमा आवद्ध शिक्षक/कर्मचारीहरुका प्रतिनिधिहरु, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा विश्वविद्यालयका सम्वन्धित सरोकारवाला एकजुट भई तत्काल जनचाहना अनुुरुप उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना बनाई अघि वढनु अत्यावश्यक रहेको बताउनुभयो। त्यस्तै उहाँले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभयो।

    FB_IMG_1687867740813.jpg

    प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराउनुभयो। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु प्रचन्डले भन्नुभयो ।

    त्यसैगरी प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल  गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन हुने विश्वास व्यक्त गरे। उनले विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने विद्यार्थी उत्पादनमा पनि जोड दिनुभयो। ‘हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ?,’ प्रधानमन्त्रीले भन्नुभयो ‘विद्यार्थीलाई उनीहरूको रूचि अनुसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्छु।’

    त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति अशोककुमार राईले त्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक दिवसको अवसरमा विश्वविद्यालयलाई समय सापेक्ष रुपमा सक्षम र समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशिल तुल्याउन पर्ने आवश्यकता रहेको बताउनुभयो । केहि वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीहरुका विरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्विकार्य गतिविधि भइरहेको भन्दै सरोकारवाला सवै पक्षलाई आफना मागहरु पुरा गराउने नाममा असभ्य गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यामवाट गर्न समेत अनुरोध गर्नुभएको थियो ।

    त्रिविलाई राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाई राख्ने मात्रै नभई विश्वमा मानव हितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि भित्राउने दायित्व परि रहेको भन्दै नेपाल सरकारले गत बर्ष नै नीति तथा कार्यक्रममा नै त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने घोषणा गरेको बताउनुभयो । विश्वविद्यालयको पुनसंरचना, पुराना पाठ्यक्रमहरुलाई समय सापेक्ष रुपमा परिमार्जन, विश्वविद्यालयलाई अनुसन्धानमुलक र प्रविधिमैत्री बनाउने विषयमा समिक्षा गरी सुधारको गतिलाई तीव्रता दिन समेत अनुरोध गर्नुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले उच्चशिक्षामा विदेशिने परिस्थितिको अन्त्य गर्न क्रियाशिल रहेको, परीक्षा प्रणालीलाई थप व्यवस्थित र सृदृढ गर्न लागिएको, शीघ्र नजिता प्रकाशनका लागी विशेष पहलकदमी लिइएको बताउनुभयो।

    उहाँले प्रविधिमैत्री विश्वविद्यालय बनाउने अठोट अनुरुप परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन एकीकृत सफ्टवेयर निर्माण गर्न लागिएको, इन्टरनेटलाई विश्वसनीयय र द्रुत गतिको बनाउन सवै आंगिक तथा सामुदायिक क्याम्पसमा अप्टिकल फाइवर जडान गरी सेवा सूचारु गर्न सम्झौता भइसकेको, एकीकृत वेवसाइट निर्माण गरी कार्यान्वयनमा ल्याइएको, त्रिवि केन्द्रीय पुस्तकालयलाई विद्युतियकरण गरि उपलब्ध सम्पूर्ण पाठ्यसामग्रीहरुलाई अनलाईनमा राखिएको, त्रिविका क्याम्पसहरुमा विद्युतीयय स्वचालित प्रणाली अनुरुप सञ्चालन गर्न शुरुवात गरिएको।

    उपकुलपति बास्कोटाले बौद्धिक चोरीलाई निरुत्साहित गर्न सफ्टवेयरको प्रयोगलाई अनिवार्य गरिएको, वैज्ञानिक अनुसन्धान र नीतिगत अनुसन्धानमा राज्यकोषबाट प्राप्त हुने बजेटमा उल्लेखनीय बृद्धि गरिएको, आर्थिक सुशासन कायम गर्न बेरुजु न्यूनिकरण गर्ने अभियानका रुपमा अघि बढेको, दाता तथा अन्तराष्ट्रिय सहयोगलाई व्यवस्थित गर्न कोष निर्माण गरिएको, विश्वविद्यालयलाई पुनःसंरचना गर्न आवश्यक कार्ययोजना बनाई सम्वन्धित निकायमा पेश गरिएको र लामो समयदेखि हुन नसेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरिएको बताउनुभयो ।

    उपकुलपति प्रा.डा बास्कोटाले विश्वविद्यालयका भौतिक रुपमा जीर्ण संरचनाहरुलाई २०७२ सालको भुकम्पले थप जीर्ण बनाएको र त्यसलाई पुर्ननिर्माण गर्न पुननिर्माण प्राधिकरणले २०२१ सेप्टेम्बर सम्ममा सवै पूर्ननिर्माणका कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको भएतापनि हालसम्म पुननिर्माण हुन नसकेको बताउनुभयो।

    FB_IMG_1687867743541.jpg

    त्रिभुवन बिश्वबिद्धालय ग्रेस लिष्ट पारित गरे लगत्तै बसेको बैठकमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले आर्थिक बर्ष २०८०।०८१ का लागि प्रस्ताविक कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो। कुल २६ अरब २४ करोड ९४ लाख ५५ हजारको प्रस्ताविक बजेट मध्ये नियमित कार्यक्रम तर्फ चालु तथा पुँजीगत खर्च जम्मा १३ अरव ९६करोड ५४ लाख ९५ हजार रहेको छ । आन्तरिक तर्फ चालु तथा पुँजीगत खर्च गरी जम्मा रु ११ अरब २४ करोड ६४ लाख ६० हजार र विकास कार्यक्रममा रु १ अरब ३ करोड ७५ लाख रकम प्रस्ताव गरिएको छ । सभाको सञ्चालन शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले गर्नुभएको थियो ।

     

    त्रिभुवन बिश्वबिद्धालयको ६४ औं वार्षिक दिवस अर्थात त्रिवि सभाले ६१ औं ग्रेस लिष्ट पारित गर्नुका साथै आ.व २०८०/०८१ को वार्षिक वजेट लगायतका विभिन्न सम्पन्न भएको छ । ग्रेस लिष्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थीहरु संलग्न रहेका छन् ।

    जसमध्ये व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी समाविष्ट छन ।

     

    images
    मंगलवार, आषाढ १२ २०८००६:५६:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार