Oct 02 2026 | २०८३, आश्विन १६ गते

B.Sc.CSIT को प्रवेश परिक्षाको लागि आवेदन माग।

B.Sc.CSIT को प्रवेश परिक्षाको लागि आवेदन माग।

  • 989
    SHARES

  • B.Sc.CSIT को प्रवेश परिक्षाको लागि आवेदन माग।

    साउन, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले चार बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) मा प्रवेश परिक्षाको लागी आवेदन माग गरेको छ। बिश्वबिद्धालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षाको आवेदन माग गरेको हो।

    त्रिभुवन बिश्वबिद्धालयको चार बर्षे स्नातक तह सेमेस्टर प्रणाली अन्तर्गत greding System अनुसार पठनपाठन हुने कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) बिसयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले २०८० साउन ३२ गते देखि भदौ २६ गते र दोब्बर दस्तुरको लागि भदौ ३१ सम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरेको छ।

    आवेदन फारम बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानको http://www.iost.tu.edu.np/ मा गएर अनलाइन बाट नै आवेदन फारम भर्न सक्ने छन।

    प्रवेश परिक्षाको मिति समय र परीक्षा केन्द्र पछि तोकिने जनाइएको छ। बिस्तृत जानकारिका लागि http://www.iost.tu.edu.np/ मा गएर हेर्न सकिने छ।

    FB_IMG_1691718519782.jpg

    images
    शुक्रवार, श्रावण २६ २०८००७:४०:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार