बिहिवार, भाद्र ७ २०८०
भदौ, ७ गते काठमाडौँ । स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ नवौ शैक्षिक मेला आयोजना हुने भएको छ। स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले बिगत ८ बर्ष देखि हुँदै आएको शैक्षिक मेला आयोजना हुने भएको हो।
शैक्षिक मेला भदौ ८ र ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण ब्यांकुटमा सञ्चालन हुनेछ ।
शैक्षिक मेलामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमान्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी क्याम्पसको सहभागिता रहने बताइएको छ।
मेलामा नेपाली विश्वविद्यालयमा पढाई हुने र विश्व बजारमा माग भइरहेका विभिन्न विषयहरू BBA, MBA, MHM, BIT, BIM, BHM, BHCM, BTTM, BBM, BASW, BBS, BSc. CSIT, BCA, लगाएतका विषयहरुमा विद्यार्थीलाई जानकारी गराइनेछ । त्यसका लागि विद्यार्थीहरूले कुनै पनि शुल्क नलाग्ने आयोजक भिजन मिडिया इनकर्पोरशनका निर्देशक तारामान रावलले जानकारी दिए ।