आइतवार, भाद्र १७ २०८०
काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण बिश्वबिद्धालयले तोकेको परीक्षा स्थगित भएका छन। परिक्षाहरु स्थगित भए संगै विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ ।
त्रिभुवन बिश्वबिद्धालयले यसै महिनाबाट लागु गर्ने भनिएको शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले उल्लंघन गरेपछि समस्या देखिएको छ।
विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओ) ले उलंघन गर्नु गम्भीर चुनौतीको रुपमा लिइएको छ।
आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने समेत अन्योल देखिएको छ ।
आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ ।
आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताए ।
उनले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताए । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो ।