Oct 02 2026 | २०८३, आश्विन १६ गते

आइ.ओ.इ. ले बढाएको शुल्क फिर्ता गर्न निर्देशन

आइ.ओ.इ. ले बढाएको शुल्क फिर्ता गर्न निर्देशन

  • 625
    SHARES

  • आइ.ओ.इ. ले बढाएको शुल्क फिर्ता गर्न निर्देशन

    भदौ, १८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले ईन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले वढाएको शुल्क फिर्ता गर्न निर्देशन गरेको छ। त्रिवि पदाधिकारी, आइओइ र आन्दोलरत विद्यार्थीहरु बिच ४ बुदे सहमतीपछि शुक्ल फिर्ता गर्न निर्देशन दिएको हो।

    सहमतिहरुमा संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरी कर्णाली र मधेश प्रदेशमा श्रोत साधन सम्पन्न क्याम्पसहरु स्थापना गर्न प्रक्रिया अघि बढाउने, इन्जिनियरिङ अध्ययन संस्थानको विद्यमान आर्थिक संकटलाई समाधान गर्न इन्जिनियरिङ अध्ययन संस्थानभित्र सर्वपक्षीय समिति बनाई विभिन्न विकल्पमा छलफल गरी समाधान गर्ने, स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस र अनेरास्ववियुले आयोजना गरेका सबैखाले आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिने रहेका छन् ।

    सहमतिमा त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रिजष्ट्रार प्रा. डा. पेशल दाहाल र आईओईका सहायक डीन प्रा.डा. शुशिलबहादुर बज्राचार्य र अनेरास्ववियुको कावा अध्यक्ष नारायण घर्तीलगायतले हस्ताक्षर गरेका छन् । उक्त सहमति पश्चात् आज देखि पठनपाठन सुचारु हुनेभएको छ ।

    FB_IMG_1693753232625.jpgFB_IMG_1693753063998.jpg

    images
    सोमवार, भाद्र १८ २०८००६:२७:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार