Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षित तर बदमास मान्छे इन्टेलिजेन्ट भए समाज झन खतरा तिर जान्छ: मनोज थापा

शिक्षित तर बदमास मान्छे इन्टेलिजेन्ट भए समाज झन खतरा तिर जान्छ: मनोज थापा

  • 524
    SHARES

  • शिक्षित तर बदमास मान्छे इन्टेलिजेन्ट भए समाज झन खतरा तिर जान्छ: मनोज थापा

    भदौ, २३ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटका फाउन्डर प्रिन्सिपल मनोज थापाले शिक्षित तर बदमास मान्छे इन्टेलिजेन्ट भए समाज झन खतरा तिर जाने धारणा ब्यक्त गरेका छन। कलेजले स्नातक तह अन्तर्गत BBS र BASW का विद्यार्थीहरुको स्वागत तथा बिदाईको लागी गरिएको कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन।

    FB_IMG_1694234089798.jpg

    उनले समाजमा आफुलाई अर्त्यन्तै बिद्वान सोच्ने तर आफ्नो स्वार्थकोलागि मात्रै कामगर्ने प्रवृत्ति बढेको प्रती इङ्गिक गर्दै यस्तो धारणा राखेका हुन। देशको शिक्षा, स्वास्थ्य, तथा राजनिती लगाएत समग्र क्षेत्रमा लागेका मानिसहरुले देश र समाजको लागि भन्दा ब्यक्ति र आफ्नो परिवारको लागि मात्रै सोच्दा युवा र उद्धमीहरु सबैभन्दा निरास हुनुपरेको बताए।

    युवाहरु बिदेशिनु पर्ने कारण बारे बोल्दै प्रिन्सिपल थापाले मुख्य कारण राज्यको निति भएपनि, आजको युगमा स्वयं युवा विद्यार्थीहरुले समेत गंभिर भएर सोच्नुपर्ने बताए। उनले विद्यार्थीमा मिहेनत नगर्ने तर परिणाम छिटो खोज्ने बानीको बिकास भएकोले विद्यार्थीहरु बिदेश जान लालायित हुनेगरेको बताए। मिहिनेत गरे आफ्नै देशमा चौतर्फी अवसर भएको भन्दै बिदेशिनु भनेको कस्तुरिले आफ्नै बास्ना थाहा नपाउनुझै भएको बताए।

    उनले फाइनान्सियल समस्या नेपालमा मात्रै होइन, संसार भरी छ। ऐले बिदेश जाने विद्यार्थीहरुलाई बाहिर जानू आवस्यक छैन, बरु तरिका नजानेर युवाहरुले दुख पाएको धारणा ब्यक्त गरे।

    20230908_130023.jpg

    नेपालको बिश्वबिद्धालय शिक्षाले विद्यार्थीहरुलाई बिश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको भन्दै प्रिन्सिपल थापाले कक्षा १२ पछि बिदेश पढ्न जाने कुरा कमजोर बुझाइ भएको बताए। उनले विद्यार्थीहरुलाई बिदेशजान अघि सहि कन्सल्टेन्टको आवस्यक रहेको बताए। बिज्ञान प्रबिधिले मानिसलाई मानिस भन्दा पनि मेसिन बनाउन थालेकोले भन्दै आफ्नै क्षमता माथि बिश्वास नभएर वा तरिका नजानेर विद्यार्थीहरु बिदेश गएर दोस्रो बर्गको नागरिक भएर काम गर्नुपरेको बताए।

    एक अर्को प्रसंगमा उहाँले बिदेशी संस्कृतिले नेपालमा बिकृती ल्याएको बताए। उनले हाम्रो संस्कृतिक र कलालाई संसारभरी प्रचार प्रसार गर्नुपर्ने बताए।

    स्वागत तथा बिदाइ कार्यक्रममा त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कुशुम शाक्यले बिश्वबिद्धालयले शैक्षिक क्यालेन्डरलाई यसै बर्ष देखि लागुगर्ने भन्दै बिश्वबिद्धालय अब लयमा चल्ने बताइन। उनले कक्षा १२ बछी बिदेश जाने बित्तिकै चौपट्टै राम्रो हुदैन भन्दै आफुले सिकेको कुरा आफ्नो देशकोलागी योगदान दिनुपर्ने धारणा ब्यक्त गरिन।

    कार्यक्रममा काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटका भाइस-प्रिन्सिपम जीवन थापाले स्वागत मन्तव्य राखे। कार्यक्रममा स्कुल/ कलेजका शिक्षक तथा कर्मचारीहरुको उपस्थित रहेको थियो। कार्यक्रममा स्नातक तह प्रथम बर्षमा अध्ययन गरिरहेका विद्यार्थीलाई स्वागत गरेको थियो भने BBS र BASW पास आउट विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। 

     

     

    images
    शनिवार, भाद्र २३ २०८०१०:२५:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार