Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा मन्त्रालयद्वारा शिक्षक महासंघलाई वार्तामा आउन आग्रह। (बिज्ञप्ति सहित)

शिक्षा मन्त्रालयद्वारा शिक्षक महासंघलाई वार्तामा आउन आग्रह। (बिज्ञप्ति सहित)

  • 615
    SHARES

  • शिक्षा मन्त्रालयद्वारा शिक्षक महासंघलाई वार्तामा आउन आग्रह। (बिज्ञप्ति सहित)

    असोज, १काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलद्वारा शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आग्रह गरेको हो ।

    नेपाल शिक्षक महासंघले विभिन्न माग राखी असोज ३ गते देखि आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रती ध्यानाकर्षण गर्दै विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी बार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई आग्रह गरिएको छ।

    नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको जानकारी दिँदै विधेयकलाई अन्तिम रुप दिनु अघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको भन्दै महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बिज्ञप्तिमा उलेख गरेको छ।

    बिज्ञप्तिमा भनिएको छ, महासंघले आकस्मिक रुपमा संबिधान दिवसको दिनबाट घोषणा गरेको बिद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरि माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा आसोज २ गते दिनको ३ः०० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई आग्रह गर्दछ।

    FB_IMG_1695046964193.jpg

    images
    सोमवार, आश्विन १ २०८००८:२९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार