सोमवार, आश्विन ८ २०८०
असोज, ८ काठमाडौ । शिक्षा बिकास निर्देशनालय मधेस प्रदेश सरकारले एसईई (SEE) २०७९ को परीक्षा प्रमाणपत्रहरुमा नाम/थर/ जन्म मिति तथा हिज्जे संशोधन गर्ने सम्बन्धी सूचना जारी गरेको छ।
निर्देशनालयले परीक्षा प्रमाणपत्रमा नाम/थर/ जन्म मिति तथा हिज्जे फरक पर्न गएमा एसईई परिक्षाको नतिजा प्रकाशन भएको मितिले ६ महिना भित्र निवेदन पेश गर्न सकिने सुचनामा उल्लेख गरेको छ।
