Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिदेश पढेका भन्दा नेपाल कै इन्जिनियर अब्बल।

बिदेश पढेका भन्दा नेपाल कै इन्जिनियर अब्बल।

  • 808
    SHARES

  • बिदेश पढेका भन्दा नेपाल कै इन्जिनियर अब्बल।

    असोज, १० काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । यद्यपि लाइसेन्स परीक्षामा बिदेशमा इन्जिनियर पढेर फर्केका भन्दा नेपालमै अध्ययन पूरा गरेका इन्जिनियरहरु बढी अनुत्तीर्ण हुने गरेका छन् । 

    इन्जिनियरिङ परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । जसमध्ये विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए ।

    यसअघि इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु गरेको थियो।

     

    images
    बुधवार, आश्विन १० २०८००८:०८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार