Oct 02 2026 | २०८३, आश्विन १६ गते

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम दिइदै।

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम दिइदै।

  • 590
    SHARES

  • देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम दिइदै।

    असोज, १४ काठमाडौं, । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । देशै भरिका सात वटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ जना गणित शिक्षकलाई तालिम दिन सुरु गरिएको हो।

    तालिम असोज १३ गते शनिबार देखि २३ गते सम्म अनलाइनबाट दिइदै छ। तालिममा कक्षा ९ देखि १२ सम्म अध्ययन अध्यापन गर्ने शिक्षकलाई गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ।

    तालिममा सहभागी शिक्षकहरुलाई ६ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइने साथै उनीहरूलाई प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताए । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उनको भनाइ थियो । हाल गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताए ।

    निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययन अध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ ।

    प्रशिक्षण प्रशिक्षक तालिममा नेपाल शिक्षक महासङ्घका सभापति कमला तुलाधरले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठासम्म पुग्ने विश्वास व्यक्त गरिन् । उनले यस्ता तालिमलाई पालिकास्तरसम्म पुर्याएर प्रभावकारी शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिईन् ।

    समाजले गत वर्ष पनि यस्तै प्रकृतिको पहिलो चरणको शैक्षिक कार्यशाला गरेको थियो । यस पटक त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय तथा एसओएसलगायत विद्यालयका करिब ३२ जना विज्ञहरूले कार्यशालाको सहजीकरण गर्नेछन् ।

    देशभरका विभिन्न विद्यालयका गणित शिक्षकले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणा अनुसार विज्ञद्वारा फरक–फरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा गरिने बताइएको छ ।

    प्रशिक्षण प्रशिक्षक तालिम २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा दिइने बताइएको छ।

     

    images
    आइतवार, आश्विन १४ २०८००६:५९:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार