Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यालय शिक्षा विधेयकमा संशोधन दर्ता ।

बिद्यालय शिक्षा विधेयकमा संशोधन दर्ता ।

  • 679
    SHARES

  • बिद्यालय शिक्षा विधेयकमा संशोधन दर्ता ।

    असोज, २४ काठमाडौँ । प्रस्तावित बिद्यालय शिक्षा बिधेयक - २०८० मा विभिन्न दलका संसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन। शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक माथी नेपाल शिक्षक महासङ्घ र विभिन्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको अनुरोधमा सांसदहरूले संसद सचिवालयमा दर्ता गराएका हुन् ।

    स्रोतका अनुसार नेपाल शिक्षक महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै राखी संसद सचिवालयमा सांसदहरूले संशोधन दर्ता गराएको बताएका छन् ।

    संशोधन प्रस्ताव दर्ता गर्नेमा नेपाली काँग्रेसकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू रमानाथ अधिकारी, हृदयराम थानी, देव प्रसाद तिमिल्सिना, मैना कार्की, रुपा विश्वकर्मा र मुक्ता कुमारी यादव त्यस्तै नेकपमा एमालेबाट माननीय सांसद बलराम अधिकारी,अम्बरबहादुर रायमाझी, मेनुका कुमारी पोखरेल, रुक्मिणी राना बराइली , शान्ति श्रेष्ठ र नारायण प्रसाद आचार्य रहेका छन ।

    त्यसैगरी नेकपा माओवादी केन्द्र , नेकपा समाजवादी, जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आज असोज २४ गते तोकिएको समयमा दर्ता गराउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

     

    images
    बुधवार, आश्विन २४ २०८००५:४५:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार