मंगलवार, कार्तिक १४ २०८०
कार्तिक,१४ सप्तरी। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाले स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको छ । नगरपालिकाले आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको हो ।
नगरपालिकाले २०७९ चैत २१ गते प्रकाशित सूचना र २०७९ चैत २२ गते प्रकाशित संशोधन सूचना अनुसार आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्ना विज्ञापन नं. ०५–११/२०७९/८० स्थगन गरेकोमा २०८० कार्तिक १२ गतेको नगर कार्यपालिका बैठकको निर्णयानुसार उक्त विज्ञापनमा आवेदनको लागि ७ दिन थप गर्ने निर्णय गर्दै आवेदन माग गरेको छ ।
इच्छुक उम्मेदवारले कार्तिक १९ गते आइतवार कार्यालय समय भित्र आवेदन पेस गर्न सक्ने जनाएको छ ।
हेर्नुस सूचना
