Aug 13 2026 | २०८३, श्रावण २८ गते

आइओइ भर्नाका लागि लिइने प्रवेश परीक्षामा ६ हजार ७२१ विद्यार्थी उत्तीर्ण । (नतिजा सहित)

आइओइ भर्नाका लागि लिइने प्रवेश परीक्षामा ६ हजार ७२१ विद्यार्थी उत्तीर्ण । (नतिजा सहित)

  • 899
    SHARES

  • आइओइ भर्नाका लागि लिइने प्रवेश परीक्षामा ६ हजार ७२१ विद्यार्थी उत्तीर्ण । (नतिजा सहित)

    कार्तिक, २१ काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (BE./B.Arch.)को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रवेश परिक्षामा ६ हजार ७२१ जना विद्यार्थी उत्तीर्ण भएका छन।

    पहिलो पटक सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी), पुल्चोक ललितपुर र पश्चिमाञ्चल क्याम्पस, पोखरा गरी दुई स्थानमा भएको परीक्षामा नाै हजार ९०१ जनाले भौचर भरेपनि नाै हजार ७७१ जना मात्र सहभागी भएका थिए । उनीहरूमध्ये छ हजार ७२१ प्रवेश परीक्षामा उत्तीर्ण भएको आईओई प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्यले बताउनुभयो।

    यसअघि शुल्क विवादका कारण लामो समय रोकिएको प्रवेश परीक्षा गत कात्तिक १४ देखि कात्तिक २० सम्म सञ्चालन भएको थियो ।

    उत्तीर्ण परीक्षार्थीमध्ये बाट पाँच ओटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त १० कलेजहरूमा दुई हजार ३०४ जना गरी जम्मा चार हजार ३४४ जना विद्यार्थीले इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन ।

    आइओइ द्वारा मिति २०८० कार्तिक २१ गते प्रकाशित प्रवेश परिक्षामा उत्तीर्ण विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बधन प्राप्त क्याम्पसहरुको भर्ना सुची प्रकाशन र भर्ना प्रक्रिया संस्थानको केन्द्रीकृत भर्ना अनुगमन समितिले प्रकाशित गरे अनुसार हुने सुचनामा उल्लेख छ। साथौ भर्ना सम्बन्धी सम्पुर्ण बिबरण हेर्न admission.ioe.edu.np मा मिति २०८० मंसिर ५ गते हेर्न सकिने छ।

    यस्तो छ नतिजा

    https://drive.google.com/file/d/1ffvXiMLi0XbSVtECCOZ4z8CfbRW4jZYP/view?usp=drivesdk

     

    FB_IMG_1699369301232.jpgScreenshot_20231108-082336_Facebook.jpg

    images
    बुधवार, कार्तिक २२ २०८००८:४५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार