Aug 13 2026 | २०८३, श्रावण २८ गते

अब अंग्रेजीपनि जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा पढ्न पाउने

अब अंग्रेजीपनि जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा पढ्न पाउने

  • 910
    SHARES

  • अब अंग्रेजीपनि जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा पढ्न पाउने

    मंसिर, १३ काठमाडौँ । अब अंग्रेजीपनि जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा पढ्न पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न पाउने निर्णय गरेका हुन। 

    त्रिभुवन बिश्वबिद्धालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्युनतम १०० पुर्णाङ्क वा सो सरह अंग्रेजी सहित कुनै पनि बिषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ। 

    त्यसैगरी अंग्रेजी मातृभाषा भएका कुनै ओअनि बिश्वबिद्धालयबाट कुनैपनि बिषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन बिश्वबिद्धालय स्नातक तहको समकक्षता प्राप्त गरेको विद्यार्थीले समेत स्नातकोत्तर तहमा अंग्रेजी बिषय पढ्न पाउने भएका छन।

    यस्तो छ सूचना ।

    FB_IMG_1701265168617.jpg

    images
    बुधवार, मंसिर १३ २०८००८:१७:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार