Oct 02 2026 | २०८३, आश्विन १६ गते

धुनिबेशी नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

धुनिबेशी नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • 750
    SHARES

  • धुनिबेशी नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    मंसिर, २९ काठमाडौ । धुनिबेशी नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८० शुरु भएको छ। धुनिबेशी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बिहिबार धुनिवेशी नगरपालिका वडा नम्बर ५ धार्के स्थित भुवनेश्वरी मावीमा एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन भयो।

    Messenger_creation_e68ab59a-ff1b-4958-9564-ba56f8a1b7ad.jpeg

    राष्ट्रपती रनिङ सिल्डका खेलहरु नगरपालिका भित्रको विभिन्न बिद्यालयहरुमा खेलाइने छन । भुवनेश्वरी माध्यमिक बिद्यालयमा फिल्ड तर्फको खेलहरु सटपुट, ज्याबलिङ थ्रो, तेक्वान्दो डौड, धुनिबेशी आदर्श क्याम्पसमा भलिबल तथा कपर्डी र महेन्द्रोदय माद्यामिक बिद्यालय मैदानमा सितेरियो कराँते लगाएत खेलहरु खेलाइने बताइएको छ।

    Messenger_creation_1d790414-deab-4f6e-8d2c-1e0bcb2709dd.jpeg

    आधारभुत र माध्यमिक तह बीच छुट्टाछुट्टै तहगत प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा करिब २० वटा आधारभूत बिद्यालय र करिब १६ वटा माध्यमिक बिद्यालयले सहभागिता जनाएको थियो। आधारभूत र माध्यमिक बिधालयहरुबाट करिब ४०० देखि ५०० सम्म विद्यार्थीको सहभागी भएका छन। मंसिर २८ गते बिहिबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिसम्म चल्नेछ।

    Messenger_creation_a4f17e30-5bf7-44d0-8648-73ecb9c1b465.jpegMessenger_creation_5418f485-329e-4949-9239-98450bb57f41.jpegMessenger_creation_51b86573-7f5d-4f09-8be3-4750ffbfcf96.jpegMessenger_creation_a377e99d-2e2c-4b94-867d-ebea8bb4c484.jpeg

    images
    शुक्रवार, मंसिर २९ २०८००९:३४:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार