Oct 03 2026 | २०८३, आश्विन १७ गते

घाँस बेचेर शिक्षकलाई तलब

घाँस बेचेर शिक्षकलाई तलब

  • 631
    SHARES

  • घाँस बेचेर शिक्षकलाई तलब

    पुस, ५ गते काठमाडौ । बिद्यालयको आन्तरिक स्रोत नहुदा डडेल्धुराको सिद्धनाथ माध्यमिक विद्यालयमा शिक्षकलाई घाँस बेचेर तलब खुवाउने गरेको पाइएको छ। जिल्लाको परशुराम नगरपालिका-६ चन्दनीस्थित २०३१ सालमा स्थापित उक्त विद्यालयको निजी स्तरको  शिक्षकलाई तलब खुवाउन बिद्यालय परिसरमा भएको घाँस बेचेर तलब खुवाउने गरेको पाइएको हो।

    प्राविधिकदेखि  दश जोड दुईसम्म २७२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २० जना शिक्षक कर्मचारी कार्यरत छन्। विद्यालयमा कम्प्युटर सहायक, पुस्तकालय सहायक, परिचर र एक जना दश जोड दुई तहमा अध्यापनरत शिक्षक गरी चार जना निजी स्रोतका शिक्षक रहेका छन्।

    प्रधानाध्यापक गौरिदत्त भट्टराईका अनुसार निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि बिद्यालयले गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर आर्थिक जोहो गर्नुपरेको बताइएको छ। भट्टराईले भने, ‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो र ‘केही वर्षयता वन पदाधीकारी मुद्दामा मुछिएपछि त्यो पनि बन्द भयो।’

    ‘मैदानको घाँस बिक्रीबाट १५/२० हजार र अर्को स्कूलको एउटा घर प्रहरी चौकीलाई भाडामा दिँदा मासिक रु चार हजार आउँछ,’ उनले भने, ‘त्यो बाहेक विद्यार्थीको प्रमाणपत्र लिँदाको शुल्क र स्थानीयले दिएको चन्दा सहयोगले पनि जेनतेन निजी शिक्षकलाई तलब खुवाउनु परेको छ।’

    स्थानीय तहको निर्वाचनका बेला परशुराम नगरपालिकाले निजी स्रोतका शिक्षकलाई रु ३५ हजार मासिक दिने भनेर आश्वासन दिएपनि त्यो कार्यान्वयन नभएको प्रधानाध्यापक भट्टराईको गुनासो छ।

    ‘नगरपालिकामै बोलाएर आश्वासन दिएपनि रकम प्राप्त भएको छैन,’ उनले भने, ‘निजी स्रोतका शिक्षकलाई विदाई गरौँ यता पढाई प्रभावित हुने चिन्ता छ।’ उनले निजी स्रोतका शिक्षक कर्मचारीमा मासिक रु ८० हजार खर्च हुने गरेको जानकारी दिए।

    विद्यालयको मुद्दती खातामा रहेको रकमबाट मासिक रु ६० हजार व्याज आउने भएकाले पनि केही राहत भएको उनको भनाइ थियो।

    विद्यालयमा सात जना शिक्षक स्थायी, चार जना  निजी स्रोत र बाँकी नौ जना राहत र करारमा कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ। रासस

     

    images
    बिहिवार, पौष ५ २०८००४:३६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार