Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो। (सूचना सहित)

बिश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो। (सूचना सहित)

  • 1.3K
    SHARES

  • बिश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो। (सूचना सहित)

    पुस, ११ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसमा चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो । 

    विभिन्न अन्तर्राष्ट्रिय भाषा पढ्न इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने छन्। अंग्रेजीबाहेक सबै भाषाका लागि एसएलसी वा एसीसीमा कम्तीमा सी ग्रेड ल्याएर उत्तीर्ण भएको हुनुपर्ने छ भने अंग्रेजी भाषाको लागि कम्तिमा स्नातक उत्तीर्ण हुनुपर्नेछ । 

    यसैबिच क्याम्पसले अंग्रेजी र नेपाली भाषाबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरू आवश्यक भएकाले सम्पर्क गर्न समेत सूचनामा उल्लेख छ ।

    FB_IMG_1703643570609.jpg

    images
    बुधवार, पौष ११ २०८००७:४९:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार