आइतवार, पौष १५ २०८०
पुस १५ गते काठमाडौ । गीताञ्जली कलेजले कक्षा ११ मा अध्ययनरत नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेर गएका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ। काठमाडौको नयाँबजारमा रहेको उक्त कलेजले पुस १४ गते शनिवार एक भब्य कार्यक्रमकाबीच उक्त कार्यक्रम गरेको हो।

कार्यक्रम गीताञ्जलीका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभापतित्व र काठमाडौ क्षेत्र नंम्बर ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुली प्रमुख अतिथी रहनुभयो। साथै स्कुल/ कलेजका प्राचार्य बेदप्रसाद पन्त, ब्राइट फिल्ड स्कुलका प्रिन्सिपल रोशन घिमिरे, प्रान्जली सेकेन्डरी स्कुलका प्रिन्सिपल भिमलाल श्रेष्ठ, लिटिल क्लाइम्बर्सका प्रिन्सिपल दिलिप रेग्मी, काठमाडौ महानगर वडा १६ का सदस्य हर्क बहादुर खाती, गीताञ्जलीका फाइनान्स डाइरेक्टर भिम भट्टराई, +२ कोर्डिनेटर वासुदेव अधिकारी, स्कुल कोर्डिनेटर समीर केसि, लगाएत कलेजमा प्राधापक लगाएत विभिन्न बिद्यालयका प्रिन्सिपल, डाइरेक्टर, कोर्डिनेटर, भलिबलका राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको संचालन कलेजका आर्थिक बिभाग प्रमुख भिमप्रसाद भट्टराईले गर्नुभयो। साथै +२ कोर्डिनेटर वासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभयो। विद्यार्थीको तर्फबाट कक्षा ११ कि आरिका खानले अनुभुती सहित मन्तव्य राखिन।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक परम्परा झल्किने गरि आफ्नो गित, तथा नृत्यहरु प्रदर्शन गरेका थिए। साथै उक्त बिद्यालयमा पढेका र विभिन्न सांगीतिक खेलमा ख्यातिप्राप्त ब्याक्तित्वहरुले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश घिमिरेले विद्यार्थीहरुलाई अहिले गम्भीर भएर पढ्नेहो भने विद्यार्थीहरु बाहिर जाने अवस्था नरहेको बताउनुभयो। ज्ञानको महासागर बाट ज्ञान आफै निकाल्ने हो भन्दै प्रमुख अतिथी पराजुलिले विद्यार्थी जिवनमा पाएको अवसर र आफुसंग भएको क्षमतालाई निखार्न कठिन मिहेनत र अध्यायन गर्नुपर्ने बताउनुभयो। साथै कक्षा १२ पास गरेर जाने विद्यार्थीगरुलाई सके आफ्नै देशमा र पढाइको सिलसिलामा बिदेश गएपनी त्यहाँको अनुभव लिएर स्वदेशमै फर्किनुपर्ने बताउनुभयो।

कार्यक्रममा स्कुल /कलेजका प्राचार्य बेदप्रसाद पन्तले आजको युवाजनशक्ति भनेको परिवार, समाज, र देशको भविश्य हो भन्दै कठिन मिहेनत गरेमात्रै परिणाम उपलब्धीमूलक हुने बताउनुभयो। साथै उहाँले बुबाआमाको सपना र आफ्नो लक्ष्य पुरा गर्नकानिम्ति विद्यार्थीहरुले पढ्नमा लापरबाही गर्न नहुने बताउनुभयो।

पहिलो चरण अर्थात औपचारिक सत्रको कार्यक्रमको समापनमा बोल्दै सभापती गोविन्द प्रसाद आचार्यले कक्षा ११ मा पढ्ने विद्यार्थीगरुलाई स्वागत गर्दै बिदाइ भएर जाने विद्यार्थीहरुलाई आगामी भविष्यको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

उक्त कार्यक्रममा कक्षा १२ पास गरेर बिदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो। साथै विभिन्न चरणमा भएका खेलहरुको प्रहिलो, द्वितीय र तृतीय पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो।












