Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रश्नपत्र आउट गर्ने परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन।

प्रश्नपत्र आउट गर्ने परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन।

  • 684
    SHARES

  • प्रश्नपत्र आउट गर्ने परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन।

    पुस,१८ गते सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गर्नेबपरीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बन गरेको छ । बिश्वबिद्धालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौँ सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिलै आउट गरेको भन्दै निलम्बन गरेको हो।

    पुस ३ गतेबाट सञ्चालन हुने भनिएको उक्त परीक्षा विद्यार्थीले आन्दोलन गरेपछि रद्द गरिएको थियो । प्रश्नपत्र नै बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्रप्रकाश साउदसहित ६ जनालाई कारबाही स्वरूप निलम्बन गरिएको उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले बताए ।

    उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको उपकुलपति सिंहले बताए । उनका अनुसार अब छिट्टै परीक्षा सञ्चालन हुने छ । पाँचवटा प्राध्यापक संगठनहरूले उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग गरेका थिए ।

     

    images
    बुधवार, पौष १८ २०८००७:३५:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार