Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिका लागि गरिएको विज्ञापन रद्द :

त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिका लागि गरिएको विज्ञापन रद्द :

  • 522
    SHARES

  • त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिका लागि गरिएको विज्ञापन रद्द :

    पुस, २२ गते काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ ।

    बिश्वबिद्धालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको जानकारी दिएको छ ।

    समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । तत् पश्चात् प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको निर्देशनपछि समितिले प्रकाशित विज्ञापन रद्द गरेको छ । अब प्रावधान सच्याएर नयाँ विज्ञापन खोलिने बताइएको छ । 

    FB_IMG_1704591136793.jpg

     

    images
    आइतवार, पौष २२ २०८००७:२९:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार