Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीहरुले टाँसे, बिश्वबिद्यालयको गाडिमा बिश्वबिद्यालयकै स्टिकर ।

विद्यार्थीहरुले टाँसे, बिश्वबिद्यालयको गाडिमा बिश्वबिद्यालयकै स्टिकर ।

  • 718
    SHARES

  • विद्यार्थीहरुले टाँसे, बिश्वबिद्यालयको गाडिमा बिश्वबिद्यालयकै स्टिकर ।

    पुस, २५ काठमाडौ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयका गाडीमा विश्वविद्यालयको लोगो सहितको स्टिकर टाँसेका छन् । बुधबार विद्यार्थीहरूले त्रिविका पदाधिकारी तथा शाखा प्रमुखहरू चढ्ने गाडीमा त्रिविको लोगो टाँसेका हुन् ।

    सरकारी गाडी प्राइभेटजस्तो गरेर चलाउन ठीक नभएकाले आफूहरूले विश्वविद्यालयको लोगो टाँसेको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । सरकारी गाडी पनि निजी जसरी चलाइएको छ । स्टिकर भएपछि निजी कामका लागि प्रयोग गर्न पाइँदैन । त्यसैले हामीले लोगो टाँसेका हौँ,' सभापति ओझाले भने । 

    यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा शाखा प्रमुखहरूले गाडीमा लोगो नै नराखेर चलाएपछि स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाउँदै आएको थियो । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक भागवण्डा र सेवामा हुने ढिलासुस्तीको अन्त्य गर्न माग गर्दै स्ववियु १५ दिनयता आन्दोलन गरिरहेको छ भमे देशै भरिबाट स्ववियुले र विद्यार्थीहरुले ऐक्यबद्धता जनाउदै आएका छन।

    images
    बुधवार, पौष २५ २०८००५:३४:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार