Aug 13 2026 | २०८३, श्रावण २८ गते

उच्चशिक्षा छात्रवृत्तिमा पढ्ने अवसर ।

उच्चशिक्षा छात्रवृत्तिमा पढ्ने अवसर ।

  • 1.1K
    SHARES

  • उच्चशिक्षा छात्रवृत्तिमा पढ्ने अवसर ।

    माघ, ३ गते काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।आयोगले आ.व. २०८/८१ मा स्नातक/स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूको लागि छात्रवृत्तिको आवेदन माग गरेको हो।

    विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरूप न्यूनतम् योग्यता पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

    छात्रवृत्तिको लागि आउने फागुन दुई गते कार्यालय समयभित्र आयोगको वेबसाईट www.ugcnepal.edu.np मा गएर आवेदन दिन सक्ने छन्। साथै विद्यार्थीले आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र लगाएत आवस्यक प्रमाणपत्र बुझाउनु पर्नेछ ।

    FB_IMG_1705456518443.jpg

    images
    बुधवार, माघ ३ २०८००८:११:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार