Oct 03 2026 | २०८३, आश्विन १७ गते

अक्तियार दुरुपयोग अनुसन्धान आयोग

'भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन' बिषायक निबन्ध लेखन प्रतियोगिता हुने।

'भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन' बिषायक निबन्ध लेखन प्रतियोगिता हुने।

  • 1.6K
    SHARES

  • 'भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन' बिषायक निबन्ध लेखन प्रतियोगिता हुने।

    माघ, ३ गते काठमाडौ । अक्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ।आयोगले एक सूचना प्रकाशित गर्दै आफ्नो ३३औं स्थापना दिवस (माघ २८ गते) को अवसरमा कक्षा ९ देखि १२ सम्म्का विद्यार्थीहरुको लागि निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो।

    अक्तियार दुरुपयोग अनुसन्धान आयोगले मातहतका सात वटा कार्यलयहरु मार्फत कक्षा ९ देखि १२ का विद्यार्थीहरुबिच आयोजना गर्न लागिएको 'भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन' बिषायक निबन्ध लेखन प्रतियोगितामा सहभागिको लागि अनुरोध गरेको छ।

    निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आफ्नो सिर्जना मिति २०८० माघ १९ गते भित्र सम्बन्धित कार्यलयहरु (इटहरी, बर्दिवास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर) मा प्राप्त हुनेगरि पठाउनुपर्ने सुचनामा उल्लेख छ।

    आयोग मातहतका कार्यलयहरुबाट सहभागिहरुमध्यबाट प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई कार्यलय स्तरमै पुरस्कार वितरण गरिने सुचनामा उल्लेख गरिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1705542032628.jpg

    FB_IMG_1705574799744.jpgFB_IMG_1705574801744.jpg

    images
    बिहिवार, माघ ४ २०८००९:२६:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार