शनिवार, माघ ६ २०८०
माघ, ६ गते रुपन्देही । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।
अत्यन्तै जाडो बढेको कारण बुटवल उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयहरुमा तीन दिन हिउदे बिदा दिएको जानकारी दिइएको छ।
