Oct 04 2026 | २०८३, आश्विन १८ गते

विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्ने : प्रधानमन्त्री

विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्ने : प्रधानमन्त्री

  • 497
    SHARES

  • विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्ने : प्रधानमन्त्री

    माघ, १० काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहल 'प्रचण्ड' ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्ने बताउनुभएको छ। प्राज्ञिक क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वहरु डा.पिताम्वर शर्मा, केदारभक्त माथेमा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र र प्रा.कृष्ण खनाललाई वालुवाटारमा भेटि यस्तो बताउनुभएको हो।।

    देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्ने भन्दै त्यसको सुरुवात बिश्वबिद्धालयबाट हुनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो। उहाँले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो।

    आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    छलफलमा उपस्थित पाँचै जना बिज्ञहरुले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका छन। उहाँहरुले उपकुलपतिको लागि सरकारले विज्ञापनमा भर पर्ने होईन, सर्च कमिटीमार्फत योग्य व्यक्तिहरु खोज्नु पर्ने भन्दै विश्वविद्यालयलाई दलियकरणबाट माथि उठाएर मात्र शैक्षिक गुणस्तर निर्माण गर्न सकिने बताए।

     

    images
    बुधवार, माघ १० २०८००९:५५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार